‘सपनी राम्रो देखिन ….’ बोलको गीत नेपाली सँगीतको क्षेत्रमा निक्कै चर्चित गीत हो । यही चर्चित गीतका गायक हुन् रुपक डोटेल । र यही गीतले नै उनलाई गायक भनेर चिनायो । गायक डोटेलका अधिकांश गीतलाई दर्शक तथा श्रोताले निकै मन पराएका छन् । सानैदेखि गीत गाउन रुचाउने गायक डोटेल चर्चित सांगीतिक शो नेपाली ताराको सेकेण्ड रनर अप पनि हुन् । अहिलेसम्म साढे २ सयभन्दा बढी गीत गाईसकेका डोटेल अहिले आफ्नो चौंथो एल्वमको तयारीमा छन् ।
उनै गायक रुपक डोटेलले आर्टिस्ट नेपाल ब्लगमा आफ्नो सांगीतिक जीवन को सेरोफेरो बारे लेख्नेछन्। प्रतीक्षा गर्नुहोस।